विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल, गौतम अडानी सातौं नम्बरमा झरे

डिसी नेपाल
१३ माघ २०७९ १४:३१

काठमाडौँ।  विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। कम्पनीको शेयरमा आएको गिरावटका कारण शीर्ष १० मा परेका भारतीय उद्योगपति गौतम अडानीको सम्पति घटेको छ भने मुकेश अम्बानीको केहि बढेको छ। अब अदानी चौथोको सट्टा सातौँ नम्बरमा झरेका छन् भने अम्बानी १२ नम्बरबाट उक्लिएर ११ औँ नम्बरमा पुगेका छन् ।

फोर्ब्सको रियल टाइम बिलियनेर्स इन्डेक्सअनुसार अदानी समूहको मार्केट क्याप मात्र दुई दिनमा २.३७ लाख करोडले घटेको छ। जसका कारण गौतम अडानीको नेटवर्थ पनि १००.४ बिलियन डलरमा झरेको छ ।

शीर्ष अर्बपतिहरूको सूचीमा भएको परिवर्तन अनुसार फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट २ सय १५ अर्ब डलरको सम्पत्तिसहित विश्वको सबैभन्दा धनी व्यक्ति टप १० मा पहिलो नम्बरमा रहेका छन् । टेस्लाका सीईओ एलोन मस्क १७०.१ बिलियन डलरको साथ दोस्रो नम्बरमा छन्। अमेजनका सह-संस्थापक जेफ बेजोस १२२.४ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति हुन्।

गौतम अडानीको नेटवर्थमा आएको गिरावटबाट अर्बपति ल्यारी एलिसनले सबैभन्दा बढी फाइदा उठाएर उनी चौथो स्थानमा पुगे। नेटवर्थमा ९३२ मिलियन डलरको बृद्धिसँगै उनको कुल सम्पत्ति ११२.८ बिलियन डलर पुगेको छ। यस्तै लेजेन्डरी लगानीकर्ता वारेन बफेट १०७.८ बिलियन डलरको सम्पत्तिका साथ पाँचौं स्थानमा र बिल गेट्स १०४.१ बिलियन डलरको सम्पत्तिका साथ छैठौं स्थानमा छन्।

सूचीमा परेका अन्य नामको बारेमा कुरा गर्दा कार्लोस स्लिम एण्ड फ्यामेली ९३ अर्ब डलरको सम्पत्तिसहित आठौं र ल्यारी पेज ८५ अर्ब डलरको सम्पत्तिसहित सूचीको नवौं नम्बरमा छन्। शीर्ष १० अर्बपतिको सूचीमा फ्रान्कोइस बेटेनकोर्ट मेयर्स ८३.९ अर्ब डलरको कुल सम्पत्तिका साथ दशौं स्थानमा पुगेका छन्। यससँगै भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८३.१ बिलियन डलरको साथ विश्वका ११ औं धनी व्यक्ति हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *