यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१५ माघ २०७९ ९:०१

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १४ पैसा र विक्री मूल्य १३० रुपैयाँ ७४ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्री दर १४२ रुपैयाँ ३६ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९२ रुपैयाँ ९६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिंगापुरे डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र विक्री दर ९९ रुपैयाँ ५५ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०३ पैसा र विक्रीमा १० रुपैयाँ ०७ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *