मोलुङ हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
१५ माघ २०७९ ९:१७

काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आइपिओ भने आज अन्तिम दिन रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आज बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन्।

कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि बिक्री आईपीओ बिक्री खुला गरिएको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओको निष्कासन बन्द गत माघ ३ गतेबाटै गरिएको थियो।

कम्पनीले स्थानीयका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरिएको छ। जारी गरिएको आईपीओमध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिनेछ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यस आइपिओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आइपिओमा स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *