सिभिल लघुवित्तले गर्यो लाभांश दिने घोषणा

काठमाडौँ। सिभिल लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१.६० रुपैयाँको ११ प्रतिशतले हुन आउने ३ करोड १६ लाख ९३ हजार ६८८.५८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशतले हुन आउने १६ लाख ६८ हजार ८८.८७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment