सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

डिसी नेपाल
१५ माघ २०७९ ११:१५

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो।  शुक्रबार चाँदीको प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *