उपकार लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०७८/७९ को मुनाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ६१.७५ प्रतिशतले हुन आउने ४ करोड २३ लाख ५ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर र ३.२५ प्रतिशतले हुन आउने २१ लाख ३२ हजार ८ सय रुपैयाँबराबरको नगद लाभांश बितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment