हिमालय उर्जा विकासले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौँ। हिमालय उर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात २०० प्रतिशतमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जनाएको छ।
यसकासाथै हकप्रद सेयर निस्काशनपछि प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकम बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय भएको र कम्पनीको लागि आवश्यक नपर्ने चल अचल सम्पति जग्गा जमिन बिक्री गर्ने अख्तियार सञ्चालक समितिमा रहनेगरी प्रबन्ध पत्रको संसोधन गरिने जनाएको छ।
प्रतिक्रिया
Facebook Comment