गुफामा बसी चिसो छल्दै अफगानिस्तानी भूकम्प पीडितहरू
काबुल। अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा बस्न बाध्य भएका र अत्यधिक चिसोका कारण कैयौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
पाक्तिका प्रान्तको ग्यान, बर्मल र जिरुक जिल्लाका धेरै बासिन्दा चिसो मौसमबाट बच्न गुफामा बस्दैआएका हुन्।
प्रान्तीय अधिकारीहरूले उपलब्ध गराएको जानकारीअनुसार यी जिल्लाहरूमा दुई महिनाभन्दा कम समयमा चिसोका कारण महिला र बालबालिकासहित ३५ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा दाउराको अभाव र गम्भीर मानवीय सङ्कटका कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
आफ्नो परिवारसँग पालमा बस्ने केरामतुल्लाहले टोलोन्युजसँग भने, “वरपर बाक्लो हिउँ जमेको छ, र म आगो बाल्ने दाउरा खोज्ने प्रयास गरिरहेको छु।”
सरकारी तथ्याङ्कअनुसार गत वर्ष पाक्तिका र खोस्त प्रान्तमा गएको भूकम्पले सात हजार आठ सयभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए। क्षति भएका घरहरूमध्ये करिब छ हजार घर गायान जिल्लाका रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment