यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१६ माघ २०७९ ८:५०

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १४ पैसा र विक्री मूल्य १३० रुपैयाँ ७४ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र विक्री दर १४२ रुपैयाँ १० पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ८८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा, सिंगापुरे डलर एकको खरिददर ९९ रुपैयाँ १३ पैसा र विक्री दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०२ पैसा र विक्रीमा १० रुपैयाँ ०७ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६७ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *