वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

डिसी नेपाल
१६ माघ २०७९ ९:१५

काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २० हजार ३३८ कित्ता आईपीओ आज (माघ १६ गते)देखि जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० लाख ३३ हजार ८ सय रुपैयाँबराबरको आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्न लागेको हो।

उक्त आईपीओ संस्थाले सर्बसाधारणको लागि छुत्याइएको २.६२५ प्रतिशतले हुन आउने कुल २ लाख ३ हजार ३८० कित्तामा १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटले गर्ने छ।  यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका आवेदन दिन पाउने छन्। यस आइपिओमा लगानीकर्ताले फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *