सुनको मूल्य तीन सयले बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१६ माघ २०७९ १०:४०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *