पर्खाल भत्काएर हिरासतबाटै ६ जना थुनुवा फरार

डिसी नेपाल
१६ माघ २०७९ १०:४२

काठमाडौं। आइतबार राति पर्खाल भत्काएर हिरासतबाटै ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल भत्काएर फरार हुन् ।

विभिन्न अभियोगमा प्रहरी हिरासतमा रहेका उनीहरू पर्खाल भत्काएर फरार भएको प्रहरीले जनाएको छ।

लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ का बिनोद कुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन्।

त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका २ हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका ६ रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *