सेयर बजार राताम्मे, ४१ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१६ माघ २०७९ १५:२३

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३३ अङ्कले घटेर ४०२.९८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन उर्जा विकास कम्पनी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, युनाइटेड इदी मादी आरडी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *