मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१७ माघ २०७९ १२:३२

काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्नको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *