सन्दिप माथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने बाटो खुल्ला
काठमाडौं। बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ।
मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो। सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने बाटो खुलेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment