कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस्

डिसी नेपाल
१९ माघ २०७९ ११:४६

काठमाडौँ। कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९:३०  बजे बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयर माग भएको थियो। तीमध्ये हजार ८ हजार २०६ आवेदकबाट परेको १ लाख ४ हजार ७६० कित्ता सेयर बदर भएको छ।

बाँकी आवेदकमा ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १३ लाख ७६ हजार १२३ जना आवेदकको हात खाली भएको छ।

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

One thought on “कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *