आदर्श लघुवित्तले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१९ माघ २०७९ ११:५८

काठमाडौँ। आदर्श लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि १.०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी २० करोड ७ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ४१ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *