नाडेप लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
१९ माघ २०७९ १२:१३

काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ।  बुधब्र बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोस सेयर दिने निर्णय गरेको हो। साथै, संस्थाले बोनसमा लाग्ने कर तिर्नको लागि ०.५२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

संस्थाले हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार ६३१.६८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *