आफूलाई जागिरबाट निकालिएको कुरा श्रीमतीलाई बताउने हिम्मत नभएपछि…

डिसी नेपाल
२१ माघ २०७९ ११:३५

काठमाडौं । एक जनालाई जागिरबाट हटाइयो । यो कुराले उनलाई ठूलो धक्का दिएको थियो । तर त्यो मानिस आफ्नी पत्नी र छोराछोरीलाई यो कुरा बताउन डराए। उनी दिनहुँ घरबाट निस्केर साँझ फर्किन्थे । उनी जागिरमा जाँदैछन् जस्तो गर्थे तर वास्तवमा उनको जागिर नै गएको थियो ।

यी ४६ वर्षीय पुरुष हङकङका बासिन्दा हुन् । उनले आफ्नो परिचय भने खुलाएका छैनन् । उनलाई गत वर्ष जागिरबाट बर्खास्त गरिएको थियो । तर पनि उनले महिनौंसम्म आफ्नो परिवारको अगाडि हरेक दिन काममा जाने नाटक गरे किनभने उनी आफ्नी श्रीमती र परिवारलाई आफ्नो अवस्थाको बारेमा बताउन डराउँछन्।

उक्त व्यक्तिले भर्खरै अफिस डेली नामक फेसबुक पेजमा पोस्ट लेखेर आफ्नो भोगाइ सेयर गरे। उनले हङकङका धेरै जागिरको वेबसाइटमा आवेदन दिए पनि कतै सफलता नपाएको बताए । सुरुमा जागिर छाडेपछि तीन साता बिदामा छु भनेर घरमा भने । तर पछि काममा जाने नाटक गर्न थाले ।

मानिसले भने- म यो सब मेरी श्रीमतीलाई भन्न हिम्मत गर्न सक्दिन। बिहान घरबाट निस्कन्छु र साँझ फर्किन्छु । काममा लागेको नाटक गर्न सजिलो छैन। तर, मसँग केही बचत छ जुन काम लागिरहेको छ। तर, जागिर नपाई यो नाटक लामो समयसम्म चल्न नसक्ने डर छ । आउँदै गरेको चिनियाँ नयाँ वर्षसम्म सधैं झैं आफ्ना छोराछोरीलाई नयाँ लुगा किन्ने र उपहार दिने नाटक गरिरहने उनको भनाइ छ ।

व्यक्तिको यो पोस्टमा धेरै प्रयोगकर्ताहरूले प्रतिक्रिया दिए र उनीप्रति सहानुभूति देखाए। एक प्रयोगकर्ताले लेखेका छन्- म आशा गर्छु तिमीले छिट्टै राम्रो काम पाउनेछौ। अर्कोले भने– चिनियाँ नयाँ वर्षपछि थप रोजगारीको अवसर आउनेछ । तेस्रोले भने– हिम्मत नहार । केही प्रयोगकर्ताहरूले व्यक्तिलाई पार्ट टाइम कामको लागि आवेदन दिन आग्रह गरे। कतिपयले उनलाई घरमै सबै कुरा बताउन सल्लाह दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *