२३ वर्षीया महिला ८ वर्षीया बालिकाको शरीरमा कैद ! आखिर यस्तो कसरी सम्भव भयो ?

डिसी नेपाल
२१ माघ २०७९ १३:२५

काठमाडौं । शवना राय लासिक नामकी ८ वर्षीया बालिकाको शरीरमा २३ वर्षीया महिला फसेकी छिन् । यसका कारण निकै संघर्ष गर्नुपरेको शवना बताउँछिन् । तर, अब उनले आफ्नो सपनाको राजकुमार पाएकी छिन् । यसबाट उनी निकै खुसी छन् ।

शवनाको उचाइ मात्र ३ फिट १० इन्च र तौल २२ किलो छ । वास्तवमा उनी आठ वर्षकी भएदेखि उनको उचाइ र तौल उस्तै छ । त्यसयता उनको शरीरमा कुनै परिवर्तन आएको छैन । शवनाको उमेर बढ्दै गयो तर शरीर उस्तै थियो ।

उनलाई सानै उमेरमा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । यसको उपचारको साइड इफेक्ट उनको उचाइमा परेको थियो । अहिले उनले आफ्नो कथा आफैंबारे बनेको डकुमेन्ट्रीमा सुनाएकी छिन् । आफू र आफ्ना आमाबुवालाई असल साथी नपाउने हो कि भन्ने चिन्ता थियो तर अहिले उनको खोजी सकिएको उनी बताउँछिन् ।

शवना भन्छिन्, ‘मलाई हेर्नुभयो भने म सानो बच्चा हुँ जस्तो लाग्छ। तर सत्य यो हो कि म सानी केटी होइन। म एउटी महिला हुँ, २३ वर्षीया महिला, जसले ८ वर्षीया बालिकाको शरीरमा कैद हुनुपरेको छ।’

उनका अनुसार जब उनी बारमा जान्छिन्, उनलाई भनिन्छ कि बच्चाहरूलाई प्रवेश गर्न निषेध गरिएको छ। जिम जानेदेखि ट्याटु बनाउनसम्म उनले कठिनाइको सामना गर्नुपरेको छ । शवना अब २६ वर्षीय यात्री डेन स्वाग्गार्टसँग प्रेममा परेकी छन् । दुवैको भेट इन्स्टाग्राममा भएको थियो ।

शवना ६ वर्षकी हुँदा डाक्टरले उनलाई ब्रेन ट्युमर भएको थाहा पाए । उनलाई तीन वर्षसम्म केमोथेरापी दिइयो। उनी भन्छिन्, ‘केमोथेरापीका कारण मेरो पिट्युटरी ग्रन्थी लगभग निष्क्रिय भइसकेको थियो । डाक्टरले अब मेरो उचाइ नबढ्ने बताए । मेरा हड्डीहरू जोडिएका छन् र मेरो उचाइ ३ फिट १० इन्च छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *