३१ वर्षपछि खुल्यो रहस्य ! मरिसकेको ठानिएका पिता अचानक जिउँदै भेटिए !

डिसी नेपाल
२१ माघ २०७९ १५:२०

काठमाडौं । हराएको चिज फिर्ता पाउन सम्भव छ तर हराएको मान्छे फिर्ता पाउनु कुनै चमत्कार भन्दा कम हुँदैन । एउटी महिलासँग पनि यस्तै भएको छ । उनले ३१ वर्षपछि आफ्नो पिता फेला पारेकी छिन् ।

यी महिलालाई उनको बुबाको मृत्यु भएको भनिएको थियो। सबैले उसलाई मृत मानेका थिए । तर अहिले युवतीले वास्तविकता थाहा पाएकी छिन् । महिलाको नाम शारनी हो । उनले टिकटकमा आफ्नो कथा संसारलाई सुनाएकी छिन् ।

द सनको रिपोर्टका अनुसार शारनीले लामो समयदेखि आफ्नो बुवाको खोजी गरिरहेको बताइन् । एक दिन अचानक उनले बुबालाई भेटिन् । न्युजिल्याण्ड निवासी शारनी भन्छिन् कि सामाजिक सञ्जालमा एक व्यक्तिलाई देखेपछि आफूलाई उनी नै आफ्नो बुबा हुन सक्छन् भन्ने लागेको थियो ।

च्याटको स्क्रिनसट सेयर गर्दै उनले भनिन्, ‘ठ्याक्कै यसरी नै मैले मेरो बुबालाई भेट्टाएँ… मलाई ३१ वर्षअघि उहाँको मृत्यु भएको भनिएको थियो।’

उनले फेसबुकमा आफ्ना बुबालाई सन् १९९० मा न्युजिल्यान्ड आएको हो कि भनेर सोधिन् । जसको जवाफमा उनले आफू तीन पटक आएको बताए । उनले शारनीलाई तिमी को हौ भनेर सोधे। त्यसपछि शारनीले उनलाई क्राइस्टचर्चमा बसेको र कुनै महिलासँग सुतेको भनेर सोधिन् ।

त्यसपछि बुबाले हो भनेर जवाफ दिए। शारनीले आफ्नो बुबालाई बताइन् कि उनकी आमाले उनको नामबाट उनको नाम शारनी राखिन्। त्यही भएर उनले लामो समयदेखि उनको खोजी गरिरहेकी छिन् ।

त्यसपछि शारनी र उनका बुवाले आमासँग सम्बन्धित जानकारी एक अर्कालाई दिए । उनी आफ्नो बुबा हुन् भन्ने प्रष्ट भयो। शारनीको आमाबुवा कहिल्यै सम्बन्धमा थिएनन्।

उनले भनिन्, ‘म काँपिरहेकी छु, रोइरहेकी छु। म धेरै समयदेखि यही क्षणको प्रतिक्षामा थिएँ । शारनीको भिडियोलाई ११.५ मिलियन भ्युज र ५४६,००० लाईक प्राप्त भएको छ । उनी अब आफ्नो बुवालाई भेट्न र डीएनए परीक्षण गराउन बेलायत जान चाहन्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *