राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन, उम्मेदवारकाे टुंगाे छैन

डिसी नेपाल
२२ माघ २०७९ ६:२१

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ। राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन।

यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक आज पनि बस्ने भएको छ। शनिवार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन।

सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफनो पार्टीवाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ। आफनो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरवारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *