नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन प्रति सिभिल बैंकको समवेदना

डिसी नेपाल
२२ माघ २०७९ ११:१६

काठमाडौँ। नेपालको पहिलो गभर्नर तथा हिमालयन बैंक लिमिटेडका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको निधन प्रति सिभिल बैंकले समवेदना व्यक्त गरेको छ। सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली दिंदै बैंकले राणाको निधन प्रति समवेदना व्यक्त गरेको हो।

बैंकले उनको असामयिक निधन प्रति हार्दिक शोक प्रकट गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेको छ। राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *