पत्रकार सम्मेलनको घोषणा गरेका रविले किन भेटे प्रधानमन्त्री ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग बिहान आठ बजे भेट गरेको बालुवाटार स्रोतले जनाएको छ ।
आज रास्वपाको केन्द्रीय समितको निर्णायक बैठक बस्न लागेको छ । बैठकले सरकारमा रहने या बाहिरिने विषयमा निर्णय गर्ने बताइएको छ ।
गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।
पार्टीको बैठकपछि स्वयम लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सिधाकुरा नगरेको लामो समय भएको भन्दै आज विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
गृह मन्त्रालयमा दाबी गरेको रास्वपालाई सत्ता साझेदार दलले अन्य मन्त्रालय दिने तयारी गरेसँगै रास्वपाको आजको बैठकले सरकारबारे ठोस निर्णय गर्ने तयारी गरेको छ ।
No ads found for this position


डिसी नेपाल
रबि जि तपाई सांसद नै हुनुहुन्न्न तर किन मन्त्री बन्न हतार?तेहि माथि गृह नै किन चाहियो तपाई लाई? मन्त्री नै बनाउछन भने किसान को लागि काम गर्न कृषि मन्त्री उध्योग मन्त्री बन्नुस “।मलाई तेहि केटि चाहियो “२ भने जस्तो के पारा हो यो? जनताको लागि नै काम गर्ने हो भने अरु पनि मन्त्रालय छन नि !