चितवन २ मा उपचुनाब नै हुने निर्वाचन आयोगको भनाइ

डिसी नेपाल
२२ माघ २०७९ १३:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निवेदन दिएपछि निर्वाचन आयोगले यो क्षेत्रमा उपचुनाब नै हुने बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित श्रेष्ठले लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग गएका थिए ।

श्रेष्ठको निवेदनपछि निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यहाँ उपचुनाब नै हुने बताए । कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउँदै उनले कानुनले उपचुनावबाहेक अन्य विकल्प परिकल्पना नगरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *