राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता

डिसी नेपाल
२२ माघ २०७९ १४:२८
132
Shares

काठमाडाैं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन्। अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन्।

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरेपछि राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

राष्ट्रियसभामा हाल ५८ सांसद छन्। अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनले उपाध्यक्ष जित्न सक्छन्। जसमा एमालेबाट अध्यक्षबाहेक १७ सांसद छन् भने माओवादीका १६ सांसद छन्।

बहुमतका लागि एमाले र माओवादीकै सांसदको संख्या पुग्छ भने जसपाका ३ र वामदेव गौतम समेतले माओवादी केन्द्रलाई मत दिने सम्भावना छ। यो मत जोड्दा सत्तापक्षका उम्मेदवारले ३७ मत पाउँछन्।

राष्ट्रियसभामा नेपाली कांग्रेसको ११,नेकपा एसको ७, जसपाका तीन लोसपाको १ र राष्ट्रिय जनमोर्चाको १ सीट रहेको छ। यस्तै राष्ट्रपतिबाट मनाेनित बामदेव गाैतम पनि सदस्य छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *