रास्वपा सरकारबाट बाहिरिने, समर्थन भने कायमै

डिसी नेपाल
२२ माघ २०७९ १६:०६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले डिसी नेपाललाई जानकारी दिए ।

रास्वपाका सभापति रवि लामिछानेका अनुसार बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उनले सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको बताए ।

पार्टीका सभापति लामिछानेले नागरिकता खारेजसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि रास्वपाले आफूले गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेको थियो।

बिहीवार बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका थिए। सोही विषयमा निर्णय लिन शनिबार आकस्मिक बैठक बोलाइएको थियो। उक्त बैठक निर्णयविहीन टुंगिएको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *