बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

डिसी नेपाल
२४ माघ २०७९ १६:२०

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।

अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन। चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । विभिन्न विषयमा अनुसन्धान गरेका चालिसे नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्षका रुपमा भूमिका निर्वाह गरेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *