टर्कीका भूकम्प प्रभावित क्षेत्रमा तीन महिनाको लागि आपतकाल

डिसी नेपाल
२५ माघ २०७९ ११:०१

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पबाट नराम्ररी प्रभावित देशका १० क्षेत्रमा आगामी तीन महिनाका लागि आपतकाल लागू गर्ने घोषणा गरेका छन् ।

अर्दोआनको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट गरिएको विज्ञप्तिमा भनिएको छ कि संविधानको धारा ११९ को प्रयोग गरी हामीले विपदबाट प्रभावित १० प्रान्तमा राहत र उद्धार कार्यलाई तीव्रता दिन आपतकाल लागू गर्ने निर्णय गरेका छौं।

अर्दोआनले टर्कीमा मात्रै मृत्यु हुनेको संख्या ३ हजार ५४९ पुगेको बताएका छन् । उनले विश्वका ७० देशबाट सहयोगको प्रस्ताव आएको पुष्टि गरेका छन् ।

राष्ट्रपति अर्दोआनले टर्कीको पाँचौं ठूलो सहर अन्टाल्याका होटलहरूमा भूकम्पबाट घरबारविहीन भएका मानिसहरूलाई राख्ने योजना पनि घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *