टर्कीमा भूकम्पका कारण बन्दरगाहमा भीषण आगलागी, धेरै जहाजले रुट परिवर्तन गरे

डिसी नेपाल
२५ माघ २०७९ ११:३१

काठमाडौं । टर्कीमा भूकम्प गएपछि एउटा बन्दरगाहमा ठूलो आगलागी भएपछि टर्की हुँदै जाने धेरै जहाजलाई डाइभर्ट गरिएको छ ।

गाजियन्टेपबाट करिब ११२ किलोमिटर दक्षिणपश्चिममा रहेको इस्केन्डरुन बन्दरगाहमा हिजोदेखि आगो लागेको छ ।

घटनास्थलका तस्बिरहरूले बन्दरगाहमाथि कालो धुवाँको मुस्लो र धेरै कन्टेनरमा आगो लागेको देखाएको छ।

बीबीसीका क्वेन्टिन सोमरभिलले बन्दरगाह वरपरको हावामा “अझै पनि कालो धुवाँ र पेट्रोलको गन्ध” रहेको बताए।

उनले भने, ‘हिजो भूकम्प गएदेखि नै यस्तो भइरहेको छ, ढुवानी कन्टेनर खसेर बन्दरगाहमा आगलागी भयो ।

एपी मोलर मार्स्क नामको एक प्रमुख शिपिंग कम्पनीले एक विज्ञप्तिमा भनेको छन कि यो बन्दरगाह कहिले सामान्य अवस्थामा फर्किनेछ भन्ने अझै स्पष्ट छैन।

टर्कीका अन्य बन्दरगाहबाहेक इजिप्टको पोर्ट सइदमा जहाज पठाइएको उनले बताए ।

सडक र विमानस्थलसँगै यो बन्दरगाह क्षतिग्रस्त भएकाले यस क्षेत्रमा राहत तथा उद्धार कार्यमा सरकार र सहायता निकायलाई समस्या बढ्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *