किन अमेरिकाले चिनियाँ बेलुनको भग्नावशेष फिर्ता गर्न अस्वीकार गर्यो ?

काठमाडौं । अमेरिकाले चीनको ‘जासूस बेलुन’ वा शंकास्पद जासुसी बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार गरेको छ।
अर्कोतर्फ चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने भनेको छ किनभने यो एयरशिप चीनको हो।
यो संदिग्ध चिनियाँ जासूस बेलुनलाई अमेरिकी एफ-२२ लडाकु विमानले दक्षिण क्यारोलिनाको एट्लान्टिक तटमा खसालेको थियो।
अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलनको प्रयासलाई तीव्र पारेको छ । यो बेलुन गत हप्ता अमेरिकाको मोन्टानाबाट साउथ क्यारोलिनासम्म उडिरहेको थियो।
अमेरिकाको आकाशमा देखिएको ‘चिनियाँ बेलुन’ खसालेको विषयमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले देशका राष्ट्रपति जो बाइडेनले खसाल्न आदेश दिएको बताएका थिए ।
उनले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो अमेरिकी उत्तरी कमाण्डको लडाकु विमानले चीनले पठाएको उच्च उचाइमा रहेको निगरानी ‘जासूस बेलुन’ लाई सफलतापूर्वक खसालेको बताए ।
Facebook Comment