टर्की, सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो, उद्धार कार्य जारी

डिसी नेपाल
२५ माघ २०७९ १३:१४

काठमाडौं । सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म ७ हजार ८ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा १ हजार ९३२ जनाको मृत्यु भएको छ । दक्षिणी टर्की र उत्तरी सिरियामा व्यापक उद्धार कार्य जारी छ। उद्धारकर्ताहरूले पीडितहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोआनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए।

यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल लगाएका छन् ।

संयुक्त राष्ट्र संघका एक पूर्व सहायता प्रमुखले बीबीसीलाई भने कि सहायता उत्तरी सिरियाको नियन्त्रण लिन खोज्ने समूहहरू मार्फत नभई मानवीय र अन्तर्राष्ट्रिय समूहहरू मार्फत पठाउनुपर्छ।

बीबीसीको पीएम कार्यक्रममा बोल्दै जेन एगल्यान्डले सिरियामा कुनै पनि राजनीतिक दलले सरकार नियन्त्रित क्षेत्र होस् वा विपक्षी नियन्त्रित क्षेत्रमा सहयोग लिनु हुँदैन भने ।

टर्कीमा भूकम्पपछि एउटा बन्दरगाहमा ठूलो आगलागी भएको छ । अधिकारीहरुका अनुसार आगो निभाइएको छ ।

जसका कारण धेरै कन्टेनरमा आगो लागेको छ र त्यहाँबाट गुज्रिरहेका धेरै जहाजहरु डाइभर्ट भएका छन् ।

सोही क्रममा टर्कीसँग ऐक्यबद्धता जनाउन नेटोको मुख्यालयमा सदस्य राष्ट्रका झण्डा आधा झुकाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *