टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९ हजार नजिक

डिसी नेपाल
२५ माघ २०७९ १४:१९
36
Shares

काठमाडौं । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

टर्कीको आपदा एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको संख्या ६ हजार २३४ पुगेको छ ।

सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको संख्या पुष्टि गर्न गाह्रो भएको बताए। तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको संख्या १२८० नाघेको बताएको छ ।

उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन्। उनीहरुसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन् । यो आपतकाल तीन महिनाको लागि हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *