टर्कीका जनताको आक्रोश : ‘भूकम्प कर’ को पैसा कहाँ गयो ?

डिसी नेपाल
२५ माघ २०७९ १५:१५
280
Shares

काठमाडौं । टर्की सरकारले दुई दशक भन्दा बढी पहिले लगाएको “भूकम्प कर” को प्रयोग कहाँ भयो भन्ने विोषयमा जनताको आक्रोश बढ्दै गएको छ।

८८ बिलियन लिराको अनुमानित रकम विपद् रोकथाम र आपतकालीन सेवाहरूको विकासमा खर्च गरिने थियो।

सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

जब टर्कीमा भूकम्प जान्छ, यो करको बारेमा प्रश्न सोधिन्छ। अधिकारीहरूले यसलाई “विशेष संचार कर” भन्छन् ।

बीबीसी टर्कीका अनुसार सरकारले यो रकम कसरी खर्च भयो भनेर सार्वजनिक रूपमा कहिल्यै खुलाएको छैन।

६१ वर्षीय सेलाल डेनिजका भाइ र भतिजा भग्नावशेषमुनि पुरिएका छन् । “सन् १९९९ देखि हामीले उठाएका सबै करहरू कहाँ गयो?” उनले एएफपी समाचार संस्थालाई भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *