भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई विदेशी भन्ने वाक्यांश

डिसी नेपाल
२६ माघ २०७९ ९:५१
2.0k
Shares

काठमाडौँ। आमहडतालदेखि बिशाल आन्दोलन हुन थालेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरेपछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो। न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय आन्दोलित भएको थियो। सिक्किम लगायत क्षेत्रमा आमहडताल देखी विशाल प्रदर्शनसम्म भएको थियो। सिक्किम लगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा बिशाल प्रदर्शन मात्रै भएको थिएन, आमहडतालसम्म हुदाँ भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए।

आन्दोलन निरन्तर चर्किदै जान थाले पछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘बिदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ। सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भईरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *