युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बेलायती संसदलाई सम्बोधन गर्दै ऋषि सुनकलाई धन्यवाद भने

डिसी नेपाल
२६ माघ २०७९ ११:१५
28
Shares

काठमाडौं । बेलायत भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले त्यहाँको संसदलाई सम्बोधन गर्दै रुसको पराजयको भविष्यवाणी गर्दै एक दिन स्वतन्त्रताको जित हुने बताएका छन् ।

वेस्टमिन्स्टर हलमा उपस्थित बेलायती सांसदहरुलाई सम्बोधन गर्दै उनले यस युद्धमा बेलायतले दिएको सहयोगका लागि धन्यवाद दिए ।

उनले युक्रेनी सैनिकलाई बेलायतमा च्यालेन्जर ट्याङ्की सञ्चालन गर्न तालिम दिइएको बताए । जेलेन्स्कीले बेलायतले हालै १४ वटा युद्ध ट्याङ्क दिने वाचा गरेको जानकारी दिएका छन् ।

यसका लागि बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिँदै उनले भने, ‘म ऋषिलाई धन्यवाद दिन्छु । उनको यो भनाइमा प्रधानमन्त्री ऋषि सुनकले मुस्कुराउँदै ताली बजाए ।

जेलेन्स्कीले भने कि बेलायत हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण विजयमा हामीसँगै हिडिरहेको छ र जब हामी सँगै जित्छौं, कुनै पनि आक्रमणकारीले अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिएमा यसको परिणाम कस्तो हुन्छ भन्ने थाहा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *