‘खुम्बु ल्होसार कप’ फुटबलमा आमाडब्लम र ठमिछोवा युवा क्लबको विजयी सुरुवात
काठमाडौं। ‘खुम्बु ल्होसार कप’ फुटबलमा आमाडब्लम युवा क्लब र ठमिछोवा युवा क्लबले सुखद् सुरुवात गरेका छन्।
काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा सम्पन्न पहिलो खेलमा आमाडब्लम युवा क्लबले खुम्जुङ युवा क्लबलाई पराजित गर्यो। शनिबारबाट सुरु भएको पहिलो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। निर्धारीत समयमा कुनै पनि टिमले नतिजा आफ्नो पक्षमा पार्न सकेनन्।
ट्राईब्रेकरमा धकेलिएको खेलमा खुम्जुङ युवा क्लबलाई पराजित गर्दै आमाडब्लमले विजयी हासिल गरेको हो। खेलको म्यान अफ द म्याच पासाङ नुरु शेर्पा चुनिए।
यस्तै, आजै भएको अर्को खेलमा ठमिछोवा युवा क्लबले विजयी सुरुवात गरेको छ। नाम्चे युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै ठमिछोवा क्लबले बाजी मारेको हो। ठमिछोवाका लागि एक मात्र निर्णायक गोल ग्यालजेन शेर्पाले गरे। ग्यालजेन नै खेलको म्यान अफ द म्याच बनेका छन्।
खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौंको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ। ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन्।
शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष – ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि यो प्रतियोगिता आयोजना हुदैँ आएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका – खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment