किर्गिजस्तानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा भण्डारी चयन

डिसी नेपाल
२९ माघ २०७९ ११:३४

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८६ औं राष्ट्रिय समन्वय समिति (एनसीसी) किर्गिजस्तानमा स्थापना भएको छ ।
गैरआवासीय नेपाली संघको आयोजनामा किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भर्चुअल भेलाले ११ सदस्सीय नयाँ तदर्थ समिति गठन गरेको हो ।

भेलाले डा. किशन भण्डारीको अध्यक्षमा नयाँ समिति गठन गरेको छ । राष्ट्रिय समितिको उपाध्यक्षमा डा. कृष्णप्रसाद बडाल, महासचिव डा.रवि रोशन खड्का, सचिव रन्जिता थापा मगर, कोषाध्यक्ष मिना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, र सदस्यहरुमा डा. सुरेन्द्र प्रसाद शाह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *