स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार

डिसी नेपाल
२९ माघ २०७९ ११:४५

भैरहवा। रूपन्देहीको मायादेवी-८ शिवमन्दिर बसडिलवामा बिहीबार मध्यरातमा चोरी भयो। नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरले लिएर जाने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिए। स्थानीय ढकबहादुर कुँवरको घरमा चोर पसेको थियो।

घरमा आवाज सुनेर बुबा र छोरीले एक अर्कालाई उठेको भन्ने सोचे पनि एकैपटक दुवै जना कोठा भन्दा बाहिर आउँदा चोरले चक्कु लिएर मार्ने धम्की दियो।

चक्कु देखाएपछि आत्तिएकी २३ वर्षीया छोरी भाग्ने क्रममा पहिलो तल्लाबाट हामफ्यालेर कुदिन्। भाग्ने क्रममा छोरीको मेरूदण्ड ढाड भाँचिएको छ भने बुबा ढकबहादुर घाइते भई उपचार भइरहेको छ।

यता चोर पनि छतबाट हाम फाली भाग्ने क्रममा पूर्व इन्डियन आर्मीसमेत रहेका ढकबहादुरले पछ्याउदै प्रतिकार गरे। किराना पसलबाट चोरी गरेर चाेर भाग्ने क्रममा हो हल्ला भएपछि नालामा पसेकाे थियाे। साेही बेला चोरलाई स्थानीय र घरधनी नियन्त्रणमा लिएर कुटपिट गरी नजिकै रहेको वडा प्रहरी कार्यालयको जिम्मा लगाए।

चोरी भएको २ लाख नगद भने प्राप्त भएको छैन । चोरको साथबाट चक्कु र ताला फोड्नका लागि प्रयोग भएको सामान बरामद भएको घरधनीले जानकारी दिए।

स्थानीयले प्रहरीलाई बुझाएको चोरलाई प्रहरीले उपचारको लागि भिम अस्पताल लग्यो। अवस्था सामान्य नभएको भनि भिम अस्पतालले रिफर गरेको चोरलाई उपचारको लागि युनिभर्सल मेडिकल कलेज लगियो।

प्रहरीको निगरानीमा रानीगाँउस्थित मेडिकल कलेजमा उपचार भइरहेको बेला चोरलाई टाका लगाउने भनी कोठामा लागियो। प्रहरीभित्र नगई बाहिर बसेको र औषधि लिन जाने क्रममा स्वास्थ्यकर्मीसँगै कोठामा रहेको घाइते चोर मेडिकल कलेजको झ्यालबाट भागेर फरार भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले चोर भनेर कुटिएका पोखरा घर बताउने केशव सुनारलाई उपचारको लागि मेडिकल कलेज पठाइएको जानकारी दिए।

घाइतेको उपचारकै लागि स्वास्थ्यकर्मीले प्रहरीलाई केही लिन पठाउने क्रममा चिकित्सकीय कक्षमा रहेका झ्यालबाट फरार भागी अझै फरार रहेको बताए। ‘प्रहरीले खोजी गरिरहेको छ, नियन्त्रणमा ल्याउन प्रयासरत छ,’ डिएसपी अर्यालले भने।

युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले टाका लगाउने क्रममा कोठाभित्रैबाट बिरामी भागेको स्वीकार गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *