इटालियन सिरी ‘ए’मा नेपोली ३-० विजयी, ५९ अंकसहित शिर्षस्थानमा

डिसी नेपाल
१ फागुन २०७९ ८:४३
52
Shares

काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ।

घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३-० ले पराजित गरेर सहज जीत निकालेको हो। डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले योगदान गरेका थिए।

खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १-० को अग्रता लिन सफल भए। ६५औं मिनेटमा मिन जाई किमको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे। त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *