म्यानचेस्टर युनाइटेडकाे इंग्लिस प्रिमियर लिगमा सहज जित
काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ।
युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गाेलकाे याेगदान गरेका थिए।
एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलकाे ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । त्यस पछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए।
यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ। पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment