खुम्बु ल्होसारकप फुटबलः नाम्चे युवा क्लब र महेन्द्र ज्योति क्लब विजयी
काठमाडौं। खुम्बु ल्होसार कप फुटबलमा नाम्चे युवा क्लब विजयी भएको छ। काठमाडौंको सानोगौचरणमा सम्पन्न सोमबारको पहिलो खेलमा नाम्चे युवा क्लबले जित हासिल गरेको हो।
आयोजक खुम्जुङ युवा क्लब १-० ले स्तब्ध भयो। नाम्चे युवा क्लबका लागि एक मात्र निर्णायक गोल छिरीङ पाल्जोर शेर्पाले गरे। छिरीङ खेलको म्यान अफ द म्याच भए।
यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मन्चले खुन्दे कम्युनिटी क्लबलाई पराजित गरेको छ। खेलको सुरुवाती समयदेखि महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मञ्च हाबी भयो।
४-१ गोलअन्तरको फराकिलो जित हासिल गरेसँगै महेन्द्र क्लबले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ। खेलको म्यान अफ द म्याच नवाङ टासी शेर्पा चुनिए।
खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा संचालन भईरहेको प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ। ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन।
शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष- ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका- खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment