‘प्रेमको कुरा के गर्नु ? अनुहार नै नहेरी बिहे हुन्थ्याे’

डिसी नेपाल
२ फागुन २०७९ ८:३६
80
Shares

सुर्खेत। रुकुम पश्चिम आठबीसकोट बटालागाउँकी ५९ वर्षीया समिता बटालाको बिहे १४ वर्षको उमेरमा भयो। बाबा, आमाको अगाडी जिदी गरेर माग पुरा गराउने उमेरमा बिहे गराएपछि उनलाई अहिले त्यो बिहे सम्झदा अमच्च लाग्छ।

फुपुको घरमा जाने भन्दै गोतामकोट लिएर उत्तै छाडेर आएका उनका बाबालाई मात्र छोरीको बिहे गरिदिएको थाहा थियो तर बिहे गर्ने व्यक्तिलाई थाहा नै नपाएको बटाला बताउँछिन्।

गोतामकोट जाँदा फुपूको घरमा एक ,दुइ दिनमा जानु पर्छ अहिले मित बाबाको घरमा बस भन्दै बाबाले आफूलाई छोडेको विगत सम्झदै बटालले भनिन्, ‘दुइ दिन पछि बाबा आएपछि फुपुको घरमा जाउला भनेर आस मानेर बसीकी थिए तर बाबा महिना दिन सम्मा नआउँदा धेरै रोएको थिएँ, सासु आमाले तिम्रो त जेठासँग विहे भयो अब नरोउ तिम्रो घर यही हो भन्दै सम्झाएको थिए।’ सो समयमा न त प्रेम थाहा थियो न त बिहे गरेको नै थाहा भयो अहिलेका जस्ता जमाना थिएनन् उनले भनिन्। बटालाका अहिले ५ छोराछोरी छन्।

दुइ सानै जन्मेर मृत्यु भएको उनीले बताइन्। १५ वर्षकै उमेरमा बच्चा जन्माएको उनले बताइन्। अहिले नातिले प्रेम दिवसको कुरा सुनाउँदा अचम्म लाग्छ? उनको भनाइ छ।

बटालाका अनुसार आफ्नो गाउँबाट उमेर नपुग्दै घर परिबारको सल्लाहमा घाँस, दाउरा र पानी घट्ट गएका केटीहरुको उत्तैबाट थुतेर बिहे भएको धेरै छ। केटाको अनुहार नै नदेखि थुतेर घरमा लिई जवरजस्ती बिहे भएका धेरै छन्।

केटाको घरमा लिएपछि फर्केर आउँदा इज्जत जान्छ भन्ने सामाजिक बन्धनका कारण राम्रो नै नमानेको केटासँग बिहे भएपनि उसैको घरमा बस्नु पर्ने बाध्यता रहेने गर्दथ्यो। अहिलेको जस्तो मोवाइल, फेसबुक केही पनि थिएन जाजरकोट नलगाड नगरपालिका–८ की पबित्रा खत्रीले भनिन्।

आफ्नो बिहे पनि खेतमा पानी लगाएर फर्कदै गर्दा २०४४ साल कात्तिक ६ गते थुतेर गरेका थिए। आफू भन्दा ७ वर्ष जेठो व्यक्तिसँग बिहे गराउन १४ जना तन्नेरीहरु आएर बाटोबाटै उठाएर लिएको उनी सम्झिन्छन्।

आफू १४ वर्षको थिए, पुरै कराउदा कराउँदै राति उठाएर लिए, गाउँको एक घरमा लिएर बन्द कोठामा राखे। केही बोल्न बित्तिकै केटाले कुट्ने गर्दथे। १३ दिन सम्म एक घरको बन्द कोठामा राखेर माइती पक्षलाई खवर गरिएको थियो अपहरण शैलीमा उनले भनिन्।

केटी पक्षलाई खोज्न र सन्देश पठाउन कटुवाललाई पठाउने चलन रहेको उनले जानकारी दिइन्। अहिले जस्तो प्रहरी, फोन केही पनि थिएन उनले भनिन्। त्यतिबेला न्याय निसाव दिने भनेकै गाउँकै मुखिया थिए डोल्पा त्रिपुरासुन्दरी-५ का सिता बुढाले बताइन्।

धनि व्यक्ति, फुपुका छोरा, धेरै ठुलो घर भएको व्यक्तिका छोरासँग बिहे गराउने चलन समेत बढी रहेको विगत सम्झदै बुढाले भनिन्। अहिले नाती पुस्ताले अनेक थरी कुरा गर्दा आफूहरु अचम्म परेको उनले बताइन्।

अहिलेको जस्तो फोन, बाटो, मोटर गाडी र जहाज केही पनि उ बेला थिएन, न त नदीमा पुुल नै थिए उनले भनिन्। काठका लाप्कामा ज्यान जोखिममा राखेर नदी तर्नुपथ्यो । टाढा माइती हुने छोरी, बुहारीहरु १० देखि १२ वर्ष पछि माइती घर आउने गरेको कथा समेत बुढाले सुनाइन्।

तल्लो जात र माथिल्लो जातको सामाजिक संस्कारले गर्दा झन समस्या बनाउने गर्दथ्यो। माया ,प्रेम नै नगरी बिहे गरेका धेरै महिलाहरु अहिलेको अवस्था हेर्दा अचम्मा लाग्ने गरेको बताउँछन्।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो। सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो। अहिले यो नेपालमा समेत व्यापक रुपमा फैलिएको छ।

कर्णालीमा भने अझैँ पनि देवताको भाकल गर्ने चलन कायम रहेको छ। अभिभावक बीचमा देवतालाई भागक गरेर तेरो छोरा र मेरी छोरी बीच बिहे गर्ने भनि सम्झौता अझैँ हुने गरेको छ । दलित र मगर समुदायमा अझै पनि मामाकी छोरीलाई फुपुको छोराले रोजेरै बिहे गर्ने चलन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *