पुनरागमन खेलमा विकेट लिएपछि मैदानमै रोए सन्दीप
काठमाडौं। कप्तानबाट बर्खास्त भएर निलम्बनमा समेत परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिममा पुनरागमन गरेपछिको पहिलो खेलको दोस्रो बलमै विकेट लिएका छन् । पुनरागमन खेलमा विकेट लिएसँगै उनी मैदानमै रोए ।
विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध अहिले किर्तिपुर मैदानमा भइरहेको खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको दोस्रो बलमै विकेट लिएका हुन् । ११ औँ ओभरमा बलिङ गर्न आएका सन्दीपले कार्ल बिर्केन्स्टकलाई बोल्ड गरे।
विकेटसँगै सन्दीपको आँखामा देखिएको आँसुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीमाथि बलात्कारजस्तो जधन्य अपराधको आरोप लागेको छ । यद्यपि अदालतले उनलाई धरौटीमा रिहा गरेकोले उनीविरुद्ध लागेको आरोपलाई कमजोर मानिएको छ । तर, उनले सफाइ भने पाएका छैनन् ।
सफाइ नपाएको भए पनि उनीविरुद्धको अपराध प्रमाणित पनि नभएकोले ‘दोषी प्रमाणित नहुँदासम्म निर्दोष’ मानिने सिद्धान्तका आधारमा नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा अवसर दिएको छ । उनीविरुद्ध लागेको आरोप प्रमाणित भएमा उनको पूरै करिअर समाप्त समेत हुनसक्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment