अनुमति बिना सेवामा शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने

डिसी नेपाल
२ फागुन २०७९ १३:३२

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले अनुमतिबिना सेवा शुल्क लिए १० प्रतिशत थपेर सेवाग्राहीलाई दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अनुमतिबिना सेवाग्राहीसँग सेवाशुल्क लिएमा सो सेवा शुल्कमा १० थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको हो।

सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा गुनासो गर्न मिल्ने व्यवस्था गर्न र दर्ता गरिएको गुनासो सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइलाई जानकारी गराउन समेत आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *