मेरी मायाकाे भिडियाे सार्वजनिक
काठमाडौं। गोपालय not for profit Foundationले सन् ७० दशकमा गोपाल योञ्जनले लेखेकाे तथा संगीत भरेकाे ‘मेरी माया’ पूर्ण रेकर्डिङ भएको छ। मेरी माया गीतमा भेट्न सकिने मायाको अर्थ आज झन् सान्दर्भिक भएको हुनाले पूर्ण रेकर्डिङ गरी अहिलेको पुस्ता सामु ल्याएको हो।
मेरी माया यस पटक फिमेल भर्जनमा रेकर्डिङ भएको छ। यस गीतमा गोपाल योञ्जनकी नातिनी नवश्रीको स्वर रहेको छ भने भिडियोमा उनकै अभिनय रहेको छ।
ओरीजिनल संगीतलाई ध्यानमा राखेर संगीतको परिकल्पना श्रीमती रेन्छिन योञ्जनले गरेकी छन् भने संगीत संयोजन सचिन सिंहले गरेका छन्।
पुस्ता नयाँ, सोच नौलो, बुझाइ बेग्लै, प्रविधि अलग भएपनि मायाको अर्थको खोजीमा हरेकले आफूलाई हराएरहेको र पाइरहेकै हुन्छ भन्ने कन्सेप्टमा मेरी मायाको छायांकन गरिएको छ। तीन भिन्न दशकहरु (६०, ८० र अहिल) मा कथावस्तु बगेको छ र सम्पूर्ण छायांकन अमेरिकामा गरिएकाे छ।
भिडियाे
No ads found for this position

डिसी नेपाल
Facebook Comment