स्पेनिस ला लिगामा रियल म्याड्रिडकाे शानदार जित

डिसी नेपाल
४ फागुन २०७९ ९:१६
24
Shares

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिडले शानदार जित दर्ता गरेको छ। सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमालले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक गोल गरे।

खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिएको थियो। ३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे, उनले पेनाल्टी गोल गरेका थिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुन पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो।

त्यसपछि परिवर्तित मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे। ६८औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका मोड्रिचले पेनाल्टी बक्सभित्रबाट सुन्दर फिनिस गरे।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ भने  पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *