नेपाल र नामिबियाबीच खेल सुरु, नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने
काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबिया बीचको खेल सुरु भएको छ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ।
हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो। त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।
लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment