क्याडिजलाई २-० ले पराजित गरेकाे बार्सिलोनाकाे शीर्षस्थान कायमै

डिसी नेपाल
८ फागुन २०७९ ८:३७
64
Shares

काठमाडौं। बार्सिलोनाले फेरि पनि सहज जित हासिल गर्दै स्पेनिस ला लिगाको शीर्षस्थान कायमै राखेको छ। घरेलु मैदानमा क्याडिजलाई २–० ले पराजित गर्दै बार्सिलोनाले शीर्षस्थान कायमै राखेको हो।

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ८ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधिमाथी दाबेदारी पनि कायमै राखिरहेकाे छ। ४३औं सम्म बराबरीको खेल भए पनि त्यसपछि सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनाका लागि अग्रता दोब्बर पारे। लेवान्डोस्कीकाे साेही गाेल नै जीतका लागि निर्णायक भयाे।

यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले २२ खेलबाट ५९ अंक हासिल गरेको छ भने पराजित क्याडिज २२ अंकसहित १७औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *