प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

डिसी नेपाल
८ फागुन २०७९ १६:५३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको निर्वाचनको विषयमा कुराकानी भएको छ। भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई लिएर दुई शीर्षनेताबीच कुराकानी भएको हो।

राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो पार्टीको बैठक बस्नुअघि अध्यक्ष नेपाललाई भेटेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *